Algorithm, अन्तराष्ट्रिय चोर संघ र बालेनवाद

न त हामीलाई राजा को आवस्यक छ न त हामीलाई यस्ता भ्रस्ताचारी अनि बिकाश बाधक नेत्रित्वोको यदि छरितो काम गर्ने बालेनवाद लादियो भने ।

article 1
Trikal Darshi Bhaila

आधुनिक युगमा सभ्यताको उदाहरण लिनु पर्दा इजिप्ट, ग्रीस र रोमका धेरै नै चर्चा गर्ने गरिन्छ । इजिप्ट का धेरै उपलब्धिहरु मध्ये उत्खनन सर्वेक्षन, निर्माण प्रविधि, गणित प्रणाली, औषधीहरुका व्यवहारिक र प्रभाउकारी प्रणाली, सिंचाई, कृषि आदि इत्यादि पर्दछन भने ग्रीक सभ्यताको पनि यी र यी बाहेक खगोल बिज्ञान अनि आधुनिक साहित्य अनि जीवन पद्धतिलाई चित्राङ्कन गर्ने अनेक उदाहरणहरु भेटिन्छन् । यी सभ्यताका प्रतिबिम्ब त्यहाँका कला, भेष भुषामा झल्किन्छ तर यहि कलाका सर्वाधिक मुर्तिहरुलाई पछि आएका उपनिवेशी मुलुकहरुले आ-आफ्ना हात पारे । ग्रीस मुलुक नेपाल जस्ता मुलुक भन्दा त धेरै माथि परेको राष्ट्रको त यस्तो हालत छ भने समय समयमा नेपालका मन्दिरहरुबाट मुर्ति हराउने त कुनै अनौठो कुरै भएन । यस्ता कुकार्यहरु संसारका हरेक कुनाबाट गरिए, अफ्रिकाबाट गरिए, भारतबाट गरिए, दक्षिन पुर्व एशियाबाट गरिए र भनौं जता ततै गरिए । पौराणिक उदाहरणका यी धरोहरहरु संसारका विभिन्न काल खण्डका अरु सभ्यता प्रतिकहरु पनि हुन् ।

 

हाम्रो प्राचिन इतिहासलाई नियाल्न प्रयोग हुने नै यी नै तत्वोहरु हुन्, यी कलाहरु हाम्रा नजरबाट गायब हुनु भनेको हाम्रो इतिहास मेटिनु हो तर उपनिवेशीहरुले त्यसलाई आफ्नो बनाएर अरुलाई बेच्ने गर्दछन । आजका दिनमा ति उपनिवेशीहरुसंग बिश्वोका ९० प्रतिशत तेस्ता हदपियेका, लुटिएका कलाहरु आफ्ना अधिनमा राखेका छन् भने केहिलाइ तिनीहरुका संग्राहलयहरुमा स्थान दिएका छन् । कहिले काहीं हामी बिदेशी संग्राहालयमा नेपाली मन्दिरहरुका अमूल्य मुर्तिहरु देख्दा आश्चर्य लाग्दछ कि येस्ता बहुमूल्य सामग्रीहरु नेपालको कुन सरकारी निकायको स्वीकृति पाएर अरु देशको संग्राहालयमा पुगेछ भनेर, तर त्यसको उत्तर कुनै पनि सरकार तथा सट्टा पक्षले दिन आठ गर्दैन ।

 

संसारमा कला भनेको यति बहुमूल्य छ कि यो सुन भन्दा पनि धेरै माथि छ ।  यी बहुमूल्य धातुद्वारा बनेका बस्तुहरु आ-आफ्ना राष्ट्रिय धुकुतिका अभिन्न अंग पनि मानिन्छन । भक्तपुर, ललितपुर तिर जानुभयो भने सस्तो नयाँ मुर्ति त नेपाली एक लाख रुपैया भन्छ भने कल्पना गर्नुस ति पौराणिक कालका मुर्तिहरुको मूल्य । तर आज यहाँ मुर्तिको मूल्यको कुरा नभई बिकाशोन्मुख भनिएका राष्ट्रहरु बास्तबमा के हुन् र यिनलाई कसरी गरिब पारिएको भन्ने कुरालाइ अघि सार्न खोजिएको हो ।  बास्तबमा कुनै पनि राष्ट्र गरिब थिएनन् र छैनन् पनि, यहाँ गरिब बनाइएको हो ।  चेतनालाइ कुण्ठित गर्ने गरि आ-आफ्नो देशको इतिहास उपनिवेशी राष्ट्रहरुले हदपे पछि केलाई मान्यता राखेर शिक्षित हुने भन्ने कुरा मै बिचरा यी ससाना राज्यहरुलाई अचेत बनाइ दिइएको हो ।  आज बार्षिक लाखौँ विद्यार्थी उच्च शिक्षाको लागि विदेश जान्छन र विदेश मै बस्नुपर्ने गरि जुन माहोल बन्छ, आखिर स्वदेश मै चेतनाको र शिक्षाको उदाहरनिय उपस्थिति भैदिएको भए तेस्तो हुदैन थियो, अभाग्यवश येस्तै देशमा राना सासनहरु दोहोरिन्छन, राना सासन जस्तै पालै पालो सट्टा यता र उता हुन्छन अनि देशबाट को र के बाहिर गैरहेको छ तेसमा आँखा चिम्लिंदिन्छन् ।

 

फलस्वरूप उपनिवेशी मुलुकहरु अझ धेरै शक्तिशाली हुन्छन, अनि दुनियाको गरिबी जस्ताको तेस्तै अनि स्वतन्त्रताको नाममा बकम्फुसे स्वन्त्रता पाउञ्छन त्यो पनि उनीहरुनै द्वारा संचालित । बास्तबमा भन्ने हो भने सहि लेफ्टिस्ट आन्दोलन त हुने पाएको छैन यता ।

 

अब बिषय बस्तु तिर लागौं ।

 

सन् १९४५ मा अमेरिकाद्वारा जापानमा परमाणु हतीयार खसाएको थियो, यो हतीयार खसाल्नु अघि यसको निर्माणको निमित्त चाहिने तत्वोहरु संसारभरको खानिहरुको उत्खनन र तिनीहरुको सहि परिमार्जनले धेरै टेवा पुर्याएको थियो । यसका निमित्त चाहिने तत्वोहरु युरनियम, प्लुतोनिअम आदि इत्यादि खानि हरु यदि प्रथम कहलिएको राष्ट्रहरुले बिश्वो का दोस्रो दर्जा दिएका राष्ट्रहरुलाई सदियौं देखि दबाइ नराखेको भए आज भन्दा ८० वर्ष पहिले तेस्तो आधुनिक हतियार बनाउन सकिन्दैन थियो । जब यी प्रथम कहलिएको राष्ट्रहरुमा नया नेत्रित्वो परिवर्तन हुन्छन उनीहरुलाई हाइलि क्लासिफैद कागजात हरु पनि हस्तान्तरण हुन्छन , जसमा यी खनिज तथा खानिहरुमा आफ्नो मुलुकको बर्चास्वो कहासम्म पुगेको छ र आफ्ना जासूसहरु यी कुराहरुको प्राप्तिको निमित्त कत्तिको प्रभावकारी भएका छन् भनेर कुनै राष्ट्रलाई यस्ता खनिजहरुले मजबूत बनाउँछ भने त्यहाको सरकार र व्यापारीकरणको हातेमालो पनि उत्तिकै महत्त्वोपूर्ण हुन्छ ।

 

लोकतन्त्रमा पत्रकारिता र पारदर्शिता महत्त्वोपूर्ण हुन्छ तर अभाग्यवश, यो सत प्रतिसत आफ्नो अथवा जनहितका लागि प्रयोग हुन सकिरहेको छैन । लोकतान्त्रिक अभ्यास भने दुनियाको अधिकांस क्षेत्र तिर गर्न खोजिएको आधुनिक यथार्थ हो तर जो कोहि पनि उच्च पदको भोग अनि तेससंग सम्मिलित बिलाशिता को अभिलाषा मा लतपतिन्छन् अनि फलस्वरूप जस्तो सुकै तन्त्र आएपनि जनताको मन भित्रको अभिलाषा भने अपुरो नै रहन्छ। यो अधिकांस बिश्वको आधुनिक बास्तबिकता हो । एउटा शक्तिशाली व्यक्तिको थिचो मिचो तह ल्याउन व्यवस्था परिवर्तन गर्न हामि पछि हट्दैनौं तर व्यवस्था पछि आएका नेत्रित्वो मात्रका भोगीहरुले फेरी जनादेश बिर्सने गरेकाले आन्दोलनको बिउ बिजारोपण हुन्छ।

 

आधुनिक समयमा आन्दोलन पनि तेती सजिलो देखिन्दैन नेपालमा बाहेक, शायद । आजको युगमा जो कोहि पनि इन्टरनेटसंग असम्बन्धित नहुने भन्ने छैन, कुनै न कुनै व्यक्ति केहि न केहि कामले इन्टरनेटमा आफ्नो व्यक्तिगत पहिचान दिनुपर्ने हुन्छ।  ति व्यक्तिगत कुराहरुलाई ठुल्ठुला व्यवसायहरुले आफ्नो सामान बिकाउनको कसलाई सिकार हाल्नु पर्छ भनि ति व्यक्ति बिशेषको जानकारीलाइ प्रयोजनमा ल्यायिन्छ । ति जानकारीको algorithm लाइ आधार मानेर बहु राष्ट्रिय कम्पनीहरु र सरकारहरुले आफ्नो हितको लागि मार्केटिंग गर्न सजिलो तुल्याउछ ।  तर यहि जानकारीले तब कोलता फेर्छ जब सरकारमा बसेकाहरुले आफुलाई पदमा राखिरहन यहि  algorithm को दुरुपयोग गर्ने गर्दछन।

 

चीनमा युइघर मुसलमानहरु बिरुद्ध कडा निगरानी होश वा होंगकोङ्गका प्रगतिशील जनतालाई अंकुश मार्न होश, चीनले आफ्नो एक्तर्फिय शाशन पद्धतिलाई बरकरार राख्न, ति ठाउँका प्रतेक नागरिकलाई नजिकबाट नियाल्न हर सम्भव प्रयास गरिरहेका छन । आफ्नो सरकार बिरुद्ध आन्दोलित हुन नदिन, व्यक्ति व्यक्ति बीचको संवाद र हरेक व्यक्तिको व्यक्तिगत गतिविधि र क्रियाकलाप नियाल्दा ति नियालियेका व्यक्तिका राजनीतिक धारणा के हुन सक्दछ भनि पहिले नै निर्धारण गर्न सकिने ति सरकारी कदम सरकार मा बसेकालाई त काइदा कै कदम हुन् तर थिचो मिचो मा परेका जनताका लागि कहिल्यै माथि आउन नदिने बन्देजी कदम हुन । बिश्वका अधिकांस राष्ट्रहरु प्रजातन्त्र तिर मोदिरहेको आधुनिक दिनमा चीनमा भने एस्तो हुनु असोभनिय र निन्दनीय छ।  हुन त कम्युनिस्म भएको राष्ट्रमा प्रजातन्त्रको सपना देख्नु गार्है कुरा हो तर यति भनि रहंदा चीनमा यहि सट्टा सम्हाल्न बसेकाले देश र जनता लाइ त सकभर आफ्नो अधिनमा राखेकै छ यसकै धारमा उभिएर taiwan र tibet संगको चाँजो पाँजोलाइ पनि द्रूत गतिमा लागिरहेकै छ।

 

यता चीनको कुरा गरि रहंदा अहिले तात्ति रहेको युक्रेन युद्ध तिर जाउँ।  बिश्वको अर्थतन्त्र नै डामाडोल पारिरहेको यश युद्धको शुरु गर्न अघि माथि भनिएको जस्तै आफ्नै जनतालाइ जासूस गर्ने त छंदै छ यो बाहेक रूशले यो भन्दा माथि गएर संयुक्त राज्यका पूर्वो राष्ट्रपति ट्रम्पलाइ नै आफ्नो अधिनमा लिएर दुश्मन बिरुद्धको हमलामा के कस्तो हतियार प्रयोगमा छन् भन्ने सम्पूर्ण अध्ययन समेत गर्न भ्याए ।  यी सब बास्तबिकता भनि रहंदा कुनै देश प्रतिको नकारात्मक टिप्पणी गरिन खोजिएको होइन तर शाशकहरुले आफ्नो जनताको लागि भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थको निम्ति  आ-आफ्नो देशको राष्ट्रियताको मुद्दा उठाएर सधैं सट्टामा टिकिरहने र राजनीतिक व्यापारीकरणको असिमित प्रयासको जाल झेल गर्न मै ब्यस्त रहेको बिश्व नै अहिलेको यथार्थ हो ।

 

स्मरण रहोश, हालका चीनका राष्ट्रपति जीवन भरका लागि राष्ट्रपति भएका छन् भने रूश सम्हालेका व्यक्ति पनि सट्टा सम्हालेका द्वी दशक भै सक्यो र उनीहरुकै देश संयुक्त राष्ट्र संघ का ५ मूल राष्ट्रहरुमा पर्दछन । यी थोरै पहिलो बिश्व कहलिएका राष्ट्रहरुका  यति धेरै राष्ट्रिय र अन्तर राष्ट्रिय राजनीति हुन्छन कि हामि जस्ता साना राज्यका जनताहरुले सोच्छन कि हामीले गर्दा यो तन्त्र पायौं त्यो तन्त्र पायौं तर वास्तबमा यी माथिका बिदेशीहरुद्वारा नै स्वचालित तन्त्र पाउन्छौँ ।  सिरिया, लेबनोन, अफ्रिकाका अनगिन्ति मुलुकहरु यस्ता स्वचालन बाट गुज्रिरहन्दा हामीले पनि कहिले काहीं बिदेशी दलालसंग व्यक्तिगत रुपले भिख मागेको सुन्दै पनि आएका छौं ।

 

यस्तै सानो राष्ट्र र ठुलो राष्ट्र का राजनीतिक गोतिहरुले अधिकांस बिश्वो का जनताहरुलाई मारमा पार्दै आएका छन्। फलस्वरूप नेपाली राजनीति पनि अछुतो रहन सकेन, तेस्कै फलस्वरूप हामीले अहिले सम्म कै सट्टा केन्द्रित सासक हरु पायौं।  र तिनीहरुले जनताको निम्ति अथवा देश को निम्ति काम गर्नुलाइ आफ्नो प्राथमिकता मा राख्ने सकेनन ।  हिजो पजेरो काण्ड का नाइके, लाउदा का नाइके, सत्रा हजार मार्ने का नाइके तेत्तिकै यश मुलुक मा खुल्लम खुल्ला राजनीतिक व्यवसायी मा लागेका होइनन, उनीहरुलाई यसो गर्न छाडिएको हो ।

 

उनीहरुलाई फाइदा के भनेर सोध्लान, फाइदा अपार छ अपार, आज सानो उदाहरण मात्र दिनेछु ।  उदाहरणको लागि हामीले पर निर्भर हुनुपर्ने बाध्यता र तेस्मा पनि नभई नहुने इन्धन, गाडी आदि इत्यादि अन्तर्राष्ट्रिय व्यवसाय ।  मुलुकको आफ्नो रुपैया येति धेरै कम्जोर बनाइएको परिदृश्यमा, यसलाई यहासम्म धकेलिनुमा माथि उल्लेख गरिएकै राष्ट्र र तिनका आधारभूत व्यवसायहरु हुन् ।  हाम्रो राष्ट्रको क्षमता अनुसारको रेल सेवालाइ व्यवसायी कम र सेवामा मात्र मजबुत बनाउँदा पनि राष्ट्रले असिमित गाडी तथा इन्धनहरु खरिदलाइ निगरानीमा राख्न सके राष्ट्र कै ढुकुटी मजबुत हुनेथियो ।  तर तेसो हुदैन, न त सदनमा न त कतै राष्ट्रको ढुकुटी बचाउने कुरा उथ्छ, उथ्छ त केवल कसले कति कहाँ कमिसन पाउने खालका मुद्दा, एक दुईवटा निर्माणका काम पनि गरिएको जस्तो देखाइन्छ र तेस्मा पनि ब्यापक भ्रस्टाचार मात्र हुने गर्दछन ।  तेही भएर नै साना र गरिब भनिएका हाम्रा जस्ता राष्ट्र भ्रष्टाचारका भुमरीमा पर्छन र खोक्रो राष्ट्रवाद र बिकाशको नारामै सिमित हुँदा हुँदै सेलाउछन् ।

 

विजय कुमारजीको एउटा अन्तर्वार्ता सम्झौं, जसमा वहाँले एउटा युरोपेली राष्ट्रका प्रतिनिधिलाइ सोध्नु हुन्छ कि तपाइले जातीयताले थिचो मिचोमा पारिएकाहरुका लागि यो गरें त्यो गरें भन्नु हुन्छ तर आफ्नो जिम्मेवारीका निमित्त आफु स्वाभिमानी बन्नमा कुनै कदम चाल्नुभएको छ ? भन्ने प्रश्नमा उनि अक्क बक्क पर्छिन ।  यहा घुमाइ फिराइ राष्ट्रिय राजनीतिमा  यी बिदेशीहरुलाई यति बिघ्न स्थान दिइएको छ कि संबिधानमा समेत यिनीहरुले नै चाहेका बुँदाहरु नै बढी अघि सारिएका छन् । अझ चुनाब हार्न सक्नेलाइ पनि घुमाइ फिराइ स्थान दिन सक्ने के के प्रावधान पनि बनाइसकेका छन् ।  अनि जनता प्रगतिका अपेक्षा राख्दछन ।  कति हाँस उठ्दो बास्तबिकता, खैर बांचिनु पर्छ राम्रो चिज अवस्य निस्कन्छ भनेझैं एउटा सानो गरिब भनिएको राष्ट्रको मेयरमा बालेन जन्मिन्छन, यो कुनै सानो कुरा थिएन, चोर सासकहरुलाई खुल्लम खुल्ला चोर है बाबु भन्दा भन्दै पनि बालेन प्रबृत्ति निस्कनछन भने यिनीहरु त चोर्नमा समेत पछि परेका असक्क्षम नेताहरु रैछन ।  Right VS left चलिरहेको संसारमा right vs loot पो रहेछ भन्ने परिदृश्यमा बालेन निस्कनु अति स्वागत योग्य छ ।  बालेन के हो भनेर यहाँहरुलाई भनि रहनु नपर्ला तर बालेन के चाहिं होइनन भने माथि भनिएका नेताका हूलबाट चाहिं पक्कै आएका होइनन ।  यस्ता बालेनहरु हाम्रो जस्तो मुलुकमा कति आवस्यक छन् त ?

 

न त हामीलाई राजा को आवस्यक छ न त हामीलाई यस्ता भ्रस्ताचारी अनि बिकाश बाधक नेत्रित्वोको यदि छरितो काम गर्ने बालेनवाद लादियो भने ।